पारिवारिक सदस्यबीच प्रधानमन्त्री ओलीको ७० औं जन्मदिन

0

बिर्तामोड, ११ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७० औं जन्मदिन मनाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाउनुभएको हो ।
ओलीको जन्मदिनको कार्यक्रममा उहाँका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्य लगायत केही आफन्त उपस्थित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिनुभएको हो । गत वर्ष ओलीले ६९ औं जन्मदिन जन्मघर तेह्रथुममा मनाउनुभएको थियो । ०००००००

Share.

Leave A Reply