इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको लगातार २१ औं जीत

0

विर्तामोड, १९ फागुन ।

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार २१ औं जीत निकालेको छ । गए राति भएको खेलमा सिटीले उल्भ्सलाई ४–१ गोल अन्तरले हराएको हो ।
सिटीलाई जिताउन गाब्रियल जिससले दुई र रियाद मेहराजले एक गोल गरे । उल्भ्सका लेन्डर डेन्डोक्नरले आत्मघाती गोल गर्दा कोनोर कोएडीले एक गोल फर्काए । आत्मघाती गोल गरेपनि खेल बराबरी उन्मुख भएका बेला सिटीले अन्तिम १३ मिनेटमा तीन गोल गरेको थियो ।
जितसँगै सिटी २७ खेलबाट ६५ अंकसहित लिगको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडको ५० अंक छ । ००००००

Share.

Leave A Reply