‘बी’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार खुमलटार युथ क्लबको सहज जित

0

विर्तामोड, १९ फागुन ।

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार खुमलटार युथ क्लबले सहज जित निकालेको छ । आज भएको खेलमा खुमलटारले ब्वाइज युनियन क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जित दिलाउन सबिन केसीले दुई गोल गरेका थिए । यस्तै, आयुस घलानले एक गोल गरेका थिए ।
जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेको छ । खुमलटार ९ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
एक खेल कम खेलेको सातदोबाटोको पनि २२ अंक रहेको छ । ब्वाइज ९ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यसअघि,
सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लबले टुसाल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । आज भएको खेलमा नयाँबस्तीले टुसालसँग १–१ गोलको बराबरी खेलेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एक गोलको अग्रता जोगाउन नसक्दा नयाँबस्ती बराबरीमा रोकिनु परेको हो । खेलको ३९ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । तर, खेलको ७१ औं मिनेटमा एलोन राईले गोल गर्दै टुसाललाई १–१ गोलको बराबरी ल्याएका थिए ।
यो बराबरीसँगै नयाँबस्तीले ९ खेलमा १२ अंक जोडेको छ । नयाँबस्ती छैटौं स्थानमा रहेको छ । टुसाल ९ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ । ००००००

Share.

Leave A Reply