सत्तामा रमाउँदा कांग्रेसलाई घाटा हुन्छ : वरिष्ठ नेता पौडेल

0

बिर्तामोड, २० फागुन ।

दुई÷चार महिनाका लागि सत्तामा रमाउँदा कांग्रेसलाई घाटा हुने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनु भएको छ । ‘जनादेश कांग्रेसलाई प्रतिपक्षमा रहने भन्ने नै छ । अहिले सत्तामा गएर रमाउँदा दीर्घकालीन रुपमा पार्टीलाई घाटा हुन्छ । अर्को निर्वाचनलाई ध्यान दिएर कांग्रेसले सोच्न पर्छ,’ नेपाली कांग्रेस पूर्वी नवलपरासीद्वारा कावासोतीमा आज आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै पौडेलले भन्नुभयो, ‘मिलिजुली सरकारमा गएर जनताको पक्षमा कति परिणाममुखी काम गर्न सकिन्छ भनेर सोच्ने बेला हो ।’
‘कांग्रेस सत्तामा नगएर अब बन्ने सरकारले जनताका पक्षमा यो यो काम गर भनेर कम्युनिष्टसँग सहमति गरेर उनीहरुलाई सरकार चलाउन दिँदा पार्टीलाई फाइदा हुन्छ’, पौडेलले भन्नुभयो, ‘अहिलेको सरकारले कर्मचारीतन्त्र तलदेखि माथिसम्म एकलौटी बनाएर बिगारेको छ, यस्तो बेलामा सरकारमा गएर जनताको पक्षमा परिणाम दिन सकिँदैन ।’
पौडेलले पार्टी सभापति शेरबहादुर देउवा तर्फ इंगित गर्दै अगाडि भन्नुभयो, ‘प्रधानमन्त्री हुनैका लागि जाने र झन्डा हल्लाएर रमाउने हो भने अर्को कुरा हो । नत्र जनताको पक्षमा कति काम गर्न सकिन्छ भनेर सोच्ने उपयुक्त बेला यही हो ।’
सिद्धान्त र नीतिविहीन झण्डै दुई तिहाइको कम्युनिष्ट सरकारले जनताको पक्षमा काम गर्न नसकेका कारण जनता कांग्रेसमा गोलबद्ध हुन चाहेको परिस्थितिको सही मूल्यांकन गर्ने बेला भएको उहाँले दोहो¥याउनुभयो । ००००००

Share.

Leave A Reply