भगवतीले झम्सिखेललाई हरायो, आरसीटी र श्री कुमारीले बराबरी खेले

0

बिर्तामोड, २० फागुन ।

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज भएको पहिलो खेलमा श्री भगवती क्लबले झम्सिखेललाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा श्री भगवतीले झम्सिखेललाई तीन–दुईले हराएको हो ।
श्री भगवतीका आशिष श्रेष्ठ, नवराज गुरुङ र मोहनबहादुर थापा मगरले एक÷एक गोल गरे । झम्सिखेलका मदन स्याङतान र अनिश चौधरीले एक÷एक गोल फर्काए । जितसँगै नौ खेलमा नौ अङ्क जोडेको श्री भगवती लिगको आठौँ स्थानमा उक्लिएको छ । झम्सिखेल नौ खेलमा ६ अङ्कसहित ११ औँ स्थानमा छ ।
यस्तै एन्फा मैदानमै आज भएको दोस्रो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) र श्रीकुमारी क्लबले बराबरी खेलेका छन् । आरसीटी र श्रीकुमारी क्लबले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
अजित गुरुङले गोल गर्दै आरसीटीलाई अग्रता दिलाएका थिए । तर, श्री कुमारीका युवराज राईले गोल गरेपछि खेल बराबरी भयो । बराबरीसँगै आरसीटीले नौ खेलमा १३ अङ्क जोडेको छ । आरसीटी लिगको पाँचौँ स्थानमा छ भने नौ खेलमा आठ अङ्क जोडेर श्री कुमारी नवौँ स्थानमा छ । ००००००

Share.

Leave A Reply