म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि कम्तिमा ५४ जनाको हत्या

0

बिर्तामोड, २० फागुन ।

म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ जना मानिस मारिएका र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । पछिल्लो दुई दिनमा मात्र सेनाको गोली लागी दर्जनौं प्रदर्शनकारी मारिएपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले आज सेनालाई प्रदर्शनकारीको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गर्नुभएको छ ।
म्यान्मारमा प्रदर्शनको सबैभन्दा भयावह दिन पछि यी टिप्पणीहरू आएका हुन् । प्रजातन्त्रको पुनः वहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ ।
संयुक्त राष्ट्र सङ्घका अधिकार प्रमुख मिशेल बाचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुप्रति उनीहरुको क्रुर कारबाही रोक्न आग्रह गर्नुभएको हो । “म्यानमारको सेनाले प्रदर्शनकारीको हत्या र जेल चलान रोक्नु पर्छ,” उहाँले भन्नुभयो, “यो एकदम घृणित कुरा हो कि सुरक्षा बलले देशभर शान्तिपूर्ण आन्दोलनकारीहरूबिरूद्ध सिधै गोली चलाइरहेको छन् । यो मानव अधिकार विरोधी काम हो । राष्ट्रसंघ यसको घोर निन्दा गर्दछ । ”
संयुक्त राष्ट्रसङ्घीय अधिकार मामिला हेर्ने कार्यालयका अनुसार फेब्रुअरी १ देखि प्रहरी र सैनिक अधिकारीहरूले कम्तिमा ५४ जनालाई ‘सुरक्षा कारबाही’का क्रममा मारेको पुष्टि गरेको छ । वास्तविक मृत्यु हुने संख्या धेरै बढी हुन सक्ने पनि उक्त कार्यालयले बताएको छ । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ जना मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको पुष्टि गरिसकिएको छ । म्यानमारमा सेनाले सत्ता लिएपछि सैनिक कदमको विरोधमा निरन्तर प्रदर्शनहरू हुँदै आएका छन् । ००००००

Share.

Leave A Reply