झापामा फागुन २३ गतेदेखि दोस्रो चरणको कोरोना भाइरसविरुद्धको खोप सञ्चालन गरिने

0

बिर्तामोड, २० फागुन ।

फागुन २३ गतेदेखि दोस्रो चरणको कोभिड– १९ विरुद्धको खोप सञ्चालन गरिने भएको छ । झापामा ५८ हजार पाँच सय १३ जनालाई खोप लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोड नगरपालिकामा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले सो कुराको जानकारी दिनुभएको हो । दोस्रो चरणमा लगाइने खोपमा ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई सहभागी गराउन आवश्यक तयारी भइसकेको उहाँले जानकारी दिनुभयो ।
स्थानीय तहहरुले वडाको खोपकेन्द्रमा जेष्ठ नागरिकहरुलाई ल्याउने व्यवस्था मिलाउन पनि जिम्मेवारी पाइसकेको उहाँले जानकारी दिनुभयो । दोस्रो चरणमा खोप कार्यक्रम सम्पन्न गर्न ६० वटा खोपकेन्द्रबाट १५ वटै स्थानीय तहमा तीन तहको स्वास्थ्यकर्मीहरुको व्यवस्था गरिएको छ । दोस्रो चरणको पहिलो कार्यक्रम भद्रपुर, बिर्तामोड, मेचीनगर, अर्जुनधारा, बुद्धशान्ति, कचनकवल, बाह्रदशी र हल्दीबारीमा फागुन २३ गतेदेखि २७ गतेसम्म ३४ हजार ५७ जनालाई खोप लगाइने छ ।
त्यसैगरी, दोस्रो चरणको दोस्रो खोप कार्यक्रम अन्तर्गत झापा, कन्काई, शिवसताक्षी, कमल, गौरादह, गौरीगञ्ज, दमकमा चैत्र १ गतेदेखि ५ गतेसम्म २४ हजार ४सय ५६ जनालाई खोप लगाइने छ । यसअघि पहिलो चरणको पहिलो कार्यक्रममा २ हजार ५ सय ८ जना पुरुष र २ हजार ३९ जना महिलाले कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएका थिए । पहिलो चरणको दोस्रो कार्यक्रममा ३ हजार ५ सय ६ जना पूरुष र १ हजार ४० जना महिलाले खोप लगाएका थिए । ००००००

Share.

Leave A Reply