ओलीले बोलाएको संसदीय दलको बैठकमा प्रचण्डलाई पनि निम्तो

0

बिर्तामोड, २० फागुन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको संस्थापन समूहले पर्सि फागुन २२ गते संसदीय दलको बैठक बोलाएको छ ।
सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको छ । त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा संस्थापन समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको हो ।
उहाँका अनुसार बैठकमा सहभागी हुन भनेर सबै १७३ जना सांसदलाई एसएमएसमार्फत सूचना दिइएको छ । प्रचण्ड समूहमा रहेका सांसदहरुलाई पनि एसएमएस पठाइएको छ । ‘माननीय सांसदहरु, २२ गते ३ बजे ल्होत्से हलमा दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बस्ने हुँदा उपस्थितिका लागि अनुरोध छ’, प्रमुख सचेतक भट्टराईले पठाएको एसएसएसमा भनिएको छ ।
प्रचण्ड समूहले भने संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक भट्टराईसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । साथै, पार्टी सदस्यबाट निस्कासन गरिसकेको कारण ओलीले गरेका निर्णय मान्य नहुने भन्दै संसद सचिवालयलाई पत्र लेखेको छ । ००००००

Share.

Leave A Reply