विप्लवको नेतृत्वमा रहेको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा

0

बिर्तामोड, २० फागुन ।

सरकारले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
आज चन्द समूहसँग भएको तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने उल्लेख गरिएको थियो । यो सहमतिलाई आज नै साँझ मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश सिंह ठगुन्नाले जानकारी दिनुभयो ।
भोलि सहमति घोषणा गर्ने विशेष कार्यक्रममा चन्द सार्वजनिक हुँदै हुनुहुन्छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सम्बोधन गर्ने तयारी छ ।
हिंसात्मक गतिविधिलाई अगाडि बढाउँदै शान्तिपूर्ण वार्तामा आउन नमानेपछि केपी शर्मा ओली नेतृत्वको सरकारले नै २०७५ फागुन २८ गते चन्द समूहमाथि प्रतिबन्ध लगाउँदै आपराधिक समूहका रुपका रुपमा उसलाई चित्रित गरेको थियो । ०००००००

Share.

Leave A Reply