नेपालमा ८७२ जना कोरोनाका सक्रिय सङ्क्रमित

0

विर्तामोड, २४ फागुन ।

पछिल्लो २४ घण्टामा नेपालमा ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार तीन सय ९९ जनामा पीसीआर परीक्षण गर्दा ८९ जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७४ हजार आठ सय १० जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप ४२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार नौ सय २७ जना पुगेको छ । अब नेपालमा आठ सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
आज थप एक जनाको सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ११ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ०००००

Share.

Leave A Reply