माधव नेपाल एमालेमै फर्किने, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने

0

विर्तामोड, २४ फागुन ।

नेकपाको प्रचण्ड र माधव नेपाल समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको एक जना स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।
सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न आज प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो । ००००००

Share.

Leave A Reply