अध्यादेश फेल गर्ने आँट कसैको छ ? : प्रधानमन्त्री ओली

0

विर्तामोड, २४ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिनुभएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज काठमाण्डौमा गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौती दिनुभएको हो । उहाँले एसिड आक्रमणविरुद्धको अध्यादेश पास हुन नदिन संसद् अवरुद्ध गरिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संसदमा सांसदहरूले संसदीय मूल्य, मान्यता र मर्यादा विपरीत क्रियाकलाप गरेको बताउनुभयो । मुद्दा लडेर संसद् पुनस्र्थापना गराएर संसदमा धामी नाच देखाएको प्रधानमन्त्रीको ठहर छ । उहाँले भन्नुभयो, ‘छलफल गर्दा माननीय भनेर अगाडि लेखेको हुन्छ । माननीय भनेर लेखिएजस्तै माननीयले बोल्ने भाषा जस्तै बोलौँ, छलफल गरौँ न । छलफल गरेको हो कि ? उफ्रेको हो कि ? धामी नाच हो कि ? पार्लियामेण्टमा । हिजो पहिलो दिन औपचारिक रूपमा पार्लियामेण्ट सुरु भएको छ , गुरुरुरु कुदेर आएर बेलमा आएर नारा लगाएका छन्, कराएका छन् । के बिग्रियो भन्दाखेरि एसिड आक्रमणविरुद्धको अध्यादेश पेस ग¥यो सरकारले । फेल गरे भैगो नि सक्छौ भने । फेल गर्ने आँट कसैको छ ? फेल गर्ने आँट छैन, मन पनि छैन । त्यसकारण बेल घेरेर अध्यादेश पेस गर्न पाइँदैन भनेर नाराबाजी । प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्छ भनेर मुद्दा लडेर आएपछि ताजुक देखियो ।’
पुनस्र्थापित संसद्लाई देश र नागरिकका समस्याका बारेमा छलफल गर्ने थलो बनाउनुपर्नेमा त्यसो हुन नसकेको र एसिड आक्रमणविरुद्धको कानुन पास हुन नदिन बैठक अवरुद्ध गरिएको प्रधानमन्त्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लडाइँ गरेर, मुद्दा लडेर, यतिखेर चुनावमा जान्थ्यो देश । चुनावपछि राम्रो सरकार बन्थ्यो । त्यसलाई रोके मुद्दा हालेर । संसद् पुनस्थापना किन ग¥या रहेछ भन्दा उफ्रिन, नारा लगाउन, कराउन, अध्यादेश पेस हुन नदिन, एसिड आक्रमणविरुद्धको कानुन पास हुन नदिन, त्यसका लागि पो बोलाएको रहेछ ।’ ००००००

Share.

Leave A Reply