भोलि हुने उम्मेद्वारी दर्ताका लागि विर्तामोड नगरपालिकाको निर्वाचन कार्यालयद्वारा दलहरुका लागि समय निर्धारण

0

झापा, ३ असार ।

भोलि हुने उम्मेद्वारी दर्ताका लागि विर्तामोड नगरपालिकाको निर्वाचन कार्यालयले दलहरुलाई समय निर्धारण गरेको छ । विहान ८ वजेदेखि हुने उम्मेद्वारी दर्ताका लागि स्वतन्त्र उम्मेद्वारलाई पहिलो प्राथमिकता प्रदान गर्ने दलहरुबीच सहमति बनेको छ । विहान १० वजेसम्ममा उम्मेद्वारी दर्ता गर्न संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक लगायतका दललाई समय प्रदान गरिएको विर्तामोडको निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी जीवराज भट्टराईले जानकारी दिनुभयो ।


नेकपा मालेले ११ देखि १२ वजेसम्म, माओवादी केन्द्रले १२ देखि १ वजेसम्म, नेकपा एमालेले १ देखि २ वजेसम्म, कांग्रेसले २ देखि ३ वजेसम्म र राप्रपाले ३ वजेदेखि ४ वजेसम्ममा उम्मेद्वारी दर्ता गराउने सहमति बनेको छ । झापाका सबै निर्वाचन अधिकृतको कार्यालयले यसैगरी उम्मेद्वारी दर्ताका लागि दलहरुसँग बसेर समय मिलाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोपाल आचार्यले जानकारी दिनु भएको छ ।

Share.

Leave A Reply