‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सहयोग हुने गरी नेपालमा चिनियाँ भाषाको फिल्म छायांकन हुने

0

काठमाडौं, ६ साउन ।

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सहयोग हुने गरी नेपालमा चिनियाँ भाषाको फिल्म छायांकन हुने भएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालय र फिल्म प्रोडक्सन टिमले सोमबार काठमाण्डौमा संयुक्त पत्रकार सम्मेलन गरेर नेपालमा चिनियाँ फिल्म शुटिङ हुने जानकारी दिएका छन् ।
चिनियाँ भाषाको फिल्म ‘द वे टू पियोर ल्याण्ड’ नामक फिचर फिल्म नेपालमा शुटिङ हुने र यसले ‘नेपाल भ्रमण वर्ष २०२०’ को अभियानलाई सहयोग गर्नेगरी शुटिङ हुने दुवै पक्षले जनाएका छन् ।
फिल्म शुटिङका सम्भावित गन्तव्य खोज्न प्रसिद्ध निर्देशक किम किंग र एलेन राजा, अभिनेत्री सेलिना, लेखक रे चेन, निर्माता वाग वु बू र सहायक निर्देशक एल्डब्बेले पोखरा, चितवन, बन्दीपुर र काठमाण्डौको अवलोकन गरिसकेका छन् । फिल्मको विषयबस्तु आध्यात्मिकतामा आधारित छ । फिल्मले चिनियाँहरुमाझ नेपाली कला संस्कृति, आध्यात्मिकता र साहसिक गन्तव्यको प्रचारप्रसारमा सहयोग पुर्‍याउने छ ।
यसअघि सन् २०१३ मा नेपालको हिमाली भेगमा ‘अप इन द विन्ड’ शुटिङ भएको थियो । धेरै नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटक दोस्रोमा पर्छन् । आउँदो नोभेम्बररडिसेम्बरमा शुटिङ हुने फिल्मका लागि नेपाल भ्रमण वर्षको सचिवालयले सहजीकरण गर्नेछ । ००००००००

Share.

Leave A Reply