उत्तर कोरियाद्वारा आज दुई वटा मिसाइल प्रक्षेपण

0

विर्तामोड, २५ साउन ।


उत्तर कोरियाले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । आज बिहान दक्षिणी हेम्याङ प्रान्तको हमहङ शहर नजिकैबाट जापानको समुद्रमा मिसाइल प्रक्षेपण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
उसले समुद्रतर्फ लक्षित गरेर प्रहार गरेका मिसाइल कुन प्रकारको हो खुलेको छैन । पछिल्लो दुई हप्ताको अवधिमा उत्तर कोरियाले गरेको यो पाँचौ प्रक्षेपण हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनबाट आफूले निकै सुन्दर पत्र प्राप्त गरेको बताए लगत्तै मिसाइल प्रक्षेपण भएको हो ।
हाल अमेरिका र दक्षिण कोरियाबीच भइरहेको संयुक्त सैन्य अभ्यासबाट किम खुशी नरहेको ट्रम्पले बताएका थिए । अमेरिका र दक्षिण कोरियाबीच अगस्ट ११ देखि संयुक्त सैन्य अभ्यास हुँदै आएको छ ।
गत जुलाइमा दुई कोरियाको सीमा क्षेत्रमा दक्षिण कोरियाका राष्ट्रपतिको उपस्थितिमा ट्रम्प र किमबीच भेटवार्ता भएको थियो । भेटमा अमेरिका र उत्तर कोरियाबाचीको वार्तालाई निरन्तरता दिने सहमति भएको बताइएको थियो । त्यसपछि उत्तर कोरियाले लगातार मिसाइल र रकेट प्रक्षेपण गर्दै आएको छ । ००००००

Share.

Leave A Reply