नर्वेको एक मस्जिदमा बन्दुकधारीले गोली चलाउँदा एक जना घाइते

0

विर्तामोड, २६ साउन ।


नर्वेको एक मस्जिदमा बन्दुकधारीले गोली चलाउँदा एक जना घाइते भएका छन् । राजधानी ओस्लोको बाहिरी इलाकामा रहेको मस्जिदमा बन्दुकधारीले गएराति गोली चलाएका हुन् ।
अल–नूर इस्लामिक सेन्टरमा गोली चलाउने व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । अनुमानित २० वर्षका व्यक्तिले गोली चलाएको र उनी नर्वेजियन रहेको प्रहरीले उल्लेख गरेको छ । ती व्यक्तिको घरमा एक महिलाको शव भेटिएको पनि जनाइएको छ । बन्दुकधारीले घरमा आफन्तको हत्या गरेर मस्जिदमा गोली चलाएको हुन सक्ने प्रहरी अधिकारीले बताएका छन् । ०००००

Share.

Leave A Reply