दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा अज्ञात समूहद्वारा आगजनी

0

दाङ, २६ साउन ।


दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।
गएराति रा. १ झ १५२ नम्बरको गाडीमा आगजनी भएको र गाडी पूर्ण रुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय कमिरचौरले जनाएको छ ।
गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको सई शर्माले बताउनुभयो ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ५ को कार्यालय, मुर्कुटीमा पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको हो । ०००००

Share.

Leave A Reply