माछा पोखरीमा डुबेर झापाको भद्रपुरमा एक बालकको मृत्यु

0

विर्तामोड, २६ साउन ।


माछा पोखरीमा डुबेर झापाको भद्रपुरमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१० का वासुदेव जोगीका १२ वर्षीय छोरा सुमन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शनिवार बिहान घरबाट खेल्न निस्केका सुमन बेलुका अबेरसम्म घर नफर्किए पछि परिवारले खोजतलास सुरु गरेका थिए । खोजतलास गर्ने क्रममा भद्रपुर नगरपालिकास्थित विष्णु कन्ट्रक्सनको माछा पोखरीको डिलमा सुमनको कपडा र चप्पल भेटिएको र उनको शव पनि त्यही पोखरीमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पोस्टमार्टमपछि परिवारजनले शव बुझेका छन् । ००००००

Share.

Leave A Reply