सोमपाल कामी सम्मिलित विनिपेग हक्स ग्लोबल टि २० क्यानडाको फाइनलमा प्रवेश

0

विर्तामोड, २६ साउन ।


नेपाली तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी सम्मिलित विनिपेग हक्स ग्लोबल टि २० क्यानडाको फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वल्भ्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । हक्सले उपाधिको लागि आज राति भान्कुभर नाइट्ससँग खेल्ने छ । नाइट्सले पहिलो क्वालिफायरमा ब्राम्प्टनलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
ब्राम्प्टनले प्रस्तुत गरेको २ सय १ रनको विशाल लक्ष्य अन्तिम बलमा ३ विकेटको क्षतिमा पुरा गर्दै हक्स फाइनलमा पुगेको हो । अन्तिम ओभरमा जितको लागि १३ रन चाहिएको अवस्थामा उक्त रन पुरा गर्दै विजयी भएको हो ।
हक्सको जितमा यूएईका शैमान अनवारले २३ बलमा ६ चौका र ४ छक्का सहित ५२ रनको योगदान दिदै म्यान अफ द म्याच चुनिए । त्यस्तै जेपी ड्युमिनी ३४ बलमा समान ३ चौका र छक्का सहित ५० रनमा अविजित रहे । क्रिस लिन ३५, सन्नी सोहेल ४१ रनमा आउट हुँदा डरेन स्मिथ १७ रनमा अविजित रहे । ब्राम्प्टनका लागि वहाव रियाज, जहुर खान र शाहिद अफ्रिदीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको ब्राम्प्टनले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनाएको थियो । उसका लागि कप्तान डरेन सम्मीले सर्वा्धिक ३३ रनको योगदान दिए । त्यस्तै जर्ज मुन्से २२,रोहन मुस्तफा १४,बाबर हायत र शहिद अफ्रिदी समान ३२ रनमा आउट भए । वहाव रियाज २३ रनमा अविजित रहे ।
हक्सका लागि कप्तान रायद इम्रिटले सर्वाधिक ३ विकेट लिए । कलिमा सेना २, मोहम्मद इफरान र पल भान मार्करेमले समान १ विकेट लिए । हक्सले सोमपाललाई भने बेन्चमा राखेको थियो । यद्यपि, सोमपालले वैकल्पिक फिल्डरका रुपमा १९ औं ओभरको पाँचौ बलमा पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीको क्याच लिएका थिए । ०००००००

Share.

Leave A Reply