स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहनु भएका प्रधानमन्त्री ओली स्वदेश फर्कने तालिका आज पनि रद्द, स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी

0

विर्तामोड, २६ साउन ।


स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने तालिका दुई पटक स्थगित भएको छ । यसअघि गत शुक्रबार नै प्रधानमन्त्री ओली स्वदेश आउने कार्यतालिका रहे पनि उपचार नसकिएका कारण आजसम्मका लागि स्थगित भएको थियो । तर, ओलीको स्वदेश फिर्ता हुने तालिका आज पनि रद्द भएको छ । प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकोले ओली आज पनि स्वदेश फर्कने कार्यक्रम छैन ।
अस्पतालले आज साँझसम्ममा रिपोर्ट प्राप्त हुने जानकारी दिएका कारण प्रधानमन्त्री ओली भोलि (सोमबार) स्वदेश फर्कने सम्भावना रहेको सचिवालले जनाएको छ ।
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । उहाँ नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ जानु भएको थियो ।
प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी रहनु भएको छ । ०००००००

Share.

Leave A Reply