मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा भएको आर्थिक अनियमितता भएपछि छनविन जारी

0

विराटनगर, १८ साउन ।


मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा भएको आर्थिक अनियमितता तथा तेह्रथुमको टोली घटुवा भएको विषयमा सार्वजनिक लेखा समिति प्रदेश–१ले विज्ञसँग छलफल गरेको छ ।
विराटनगरस्थित समितिको कार्यालयमा विज्ञका रुपमा पूर्व प्रशिक्षक सन्तोष बानियाँ र फिफाका पूर्वसहायक रेफ्री किरण गिरीसँग प्रतियोगिताबारे जानकारी लिइएको हो । समितिका सभापति शिवनारायण सिंह गनगाईले फुटबल जाने बुझेको र लामो समयदेखि फुटबलमा सक्रिय रहेको हुनाले दुवै जनालाई विज्ञका रुपमा समितिले बोलाएको बताएका छन् ।
सभापति सिंहले दुवै विज्ञसँग प्रतियोगिता आयोजनाको नियमावलीको विषयमा कुरा भएको स्पस्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘यस छलफलमा तेह्रथुम, सुनसरी र धनकुटाबीच भएको फुटबल खेलको विषयमा टोली बाहिरिएको अवस्थाको बारेमा जानकारी लियौँ ।’
छानविनका क्रममा गिरीले उपलब्ध कागजातका आधारमा आफूले केही बोल्न नमिल्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अंकका आधारमा तेह्रथुम बाहिरिएको हो होइन त्यसबारे रिपोर्ट हेर्न आवश्यक हुन्छ । सो रिपोर्ट उपलब्ध नहुँदा मैले यसै भन्न सक्ने अवस्था छैन। त्यसैले पहिले फिल्ड रिपोर्ट हेर्न पाएपछि कुरा अघि बढाउन सकिन्छ ।’
यद्यपि प्रतियोगिता आयोजक पक्षले हालसम्म धरानमा भएको खेलको पूर्ण विवरण समिति समक्ष बुझाइसकेको छैन । सभापति गनगाईले भन्नुभयो, ‘समितिले माग गरे बमोजिम खेल विवरण आयोजक पक्षले बुझाएको छैन । तीन–चारदिनको समय उपलब्ध गराएका छौँ । त्यस भित्र समितिले माग गरेका सबै कागजपत्रसहित आयोजक पक्ष उपस्थित हुनेछन् ।’ गत १७ गते समितिले मुख्यमन्त्री कपका आयोजक किरण राईलाई रकम भौचर, खेल विवरण उपलब्ध गराउन माग गरेको थियो । समितिका सदस्य कुशल लिम्बुका अनुसार प्रतियोगितामा भएको आर्थिक पाटोको विषय लेखा समिति र प्राविधिक विषय सामाजिक विकास समितिले हेर्नेछ । प्रतियोगिता आयोजकले लेखा समितिलाई मागे बमोजिम कागजपत्र यसअघि नै उपलब्ध गराएको र पत्रमार्फत माग गरेको विल, भौचर तत्काल बुझाउने जनाएको छ । ०००००

Share.

Leave A Reply