अमेरिकाद्वारा आप्रवासीको भिसा अवधि बढाउने र ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ

0

विर्तामोड, १८ साउन ।


अमेरिकाले आप्रवासीको भिसा अवधि बढाउने र ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ गरेको छ । आप्रवासीका मामलामा सुरुदेखि नै कठोर बन्दै आएको ट्रम्प प्रशासनले नयाँ ग्रीन कार्ड लिने र अस्थायी प्रवेश अनुमतिका लागि आवेदन दिने आप्रवासीलाई कडाइ गर्ने निर्णय गरेको हो । यसबाट अमेरिकामै एक बर्षभन्दा बढी बस्न चाहने र सरकारी सुविधा पाउने आप्रवासी प्रभावित भएका बीबीसीले जनाएको छ ।
ट्रम्प प्रशासनले नयाँ नियम घोषणा गर्दै अब ग्रीनकार्डका लागि फारम भरेकाहरुको आवेदन पनि अस्वीकार गरेको छ । भविष्यमा यसको आवश्यकता परेमा मात्रै ग्रीन कार्ड लागि फारम भरेकाको आवेदनलाई अनुमति दिइने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको हित र देशको सुरक्षाका लागि आप्रवासीलाई कडाइ गरिएको बताउनु भएको छ ।
अमेरिकी नागरिकता तथा आप्रवासी सेवा विभागका कार्यवाहक निर्देशक केन कुच्चिनेलीले ग्रीनकार्डका लागि आवेदन दिएका आप्रवासीहरुको आर्थिक अवस्था, शिक्षा, उमेर र अङ्ग्रेजी भाषाको ज्ञानका आधारमा निर्णय लिइने बताउनुभयो । यो नियम आउँदो महिनाको अक्टोबर १५ ताखिरबाट लागू हुनेछ ।
यस नियमले यसअघि नै अमेरिकामा रहेका र शरणार्थी शिविरमा बसेका आप्रवासीलाईभन्दा नयाँ अमेरिकी भिसा र ग्रीन कार्ड लिन चाहेका व्यक्तिलाई असर गर्ने बीबीसीले जनाएको छ । ००००००

Share.

Leave A Reply