शिवसताक्षी नगरपालिकामा जग्गा सिमाना विवादको मुद्दा धेरै दर्ता हुने गरेको छ : उपमेयर नेपाल

0

शिवसताक्षी, १ भदौ ।


शिवसताक्षी नगरपालिका झापामा आर्थिक वर्ष ०७५–७६ मा ४६ थान मुद्दा दर्ता भएको उपप्रमुख एवम् न्यायिक समिति संयोजक भोजकुमारी नेपालले जानकारी दिनु भएको छ । न्याय सम्पादनको जिम्मेवारी पाएको स्थानीय तहमा सबैखाले मुद्दा आउन थालेको उपप्रमुख नेपालको भनाई छ । उहाँले कार्यविधिले तोके अनुसार न्याय सम्पादन भइरहेको जानकारी दिनु भएको हो । शिवसताक्षीमा जग्गा सिमाना विवादको मुद्दा धेरै दर्ता भएको पाइएको छ । जग्गा विवाद, माना चामल, घरेलु हिंसा, लेनदेन र अंश मुद्दामा धेरै जसो मुद्दा दर्ता भइरहेको उहाँको भनाई छ । आर्थिक वर्ष ०७५–७६ मा नगरले १५ वटा मुद्दा मिलापत्र गराएको छ ।
मेलमिलापको लागि सम्बन्धित वडाको केन्द्रमा पठाइएको विवाद १० थान, कारवाही प्रक्रियामा १० र जानकारी प्राप्त निवेदन ६ थान रहेको न्यायिक समितिले जनाएको छ । न्यायिक समितिमा न्याय सम्पादन सम्भव नभएपछि ३ थान मुद्दा अदालत पठाएको उपप्रमुख नेपालले जानकारी दिनुभयो । तारेख गुजारी खारेज भएका विवाद २ थान रहेको छ ।
सिमाना मिचेको विवाद १०, मानाचामल ७, घरेलु हिंसा ६, लेनदेन ६, अंश सम्बन्धि ५, घर टहरा हटाउने २, बाँकी बक्यौता उठाई पाउ भन्ने २, सहमति कार्यान्वयन गरी पाउँ भन्ने २, पालन पोषण सम्बन्धी १, श्रीमती झिकाई छलफल गराई पाउँ भन्ने १, निर्माण कार्य रोक्का गरी पाउँ भन्ने १, गाली गलौज १, सम्बन्ध विच्छेद् १ र शैक्षिक क्यालेण्डर १ थान गरी जम्मा ४६ थान मुद्दा नगरमा दर्ता भएको थियो । ००००००

Share.

Leave A Reply