बंगलादेशको राजधानी ढाकामा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी, झण्डै १५ हजार घर नष्ट

0

विर्तामोड, १ भदौ ।


बंगलादेशको राजधानी ढाकामा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ । आगलागीका कारण ५० हजार मानिस घरबार बिहीन भएका छन् । आगलागीमा चालन्तीका सुकुम्बासी बस्तीका झण्डै १५ हजार घर नष्ट भएको जनाइएको छ । धेरै घरमा प्लाष्टिकको छानो रहेकाले आगो धेरै फैलिएको हो ।

आगलागीमा परी कसैको ज्यान गएको छैन, तर धेरै मानिस घाइते भएका छन् । ती बस्तीमा बस्ने अधिकांश न्यून आय भएको मजदुर रहेका छन् । आगलागीको कारण थाहा हुन सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान जारी छ । आगो निभाउनका लागि अग्नि नियन्त्रकलाई ६ घण्टा भन्दा बढी समय लागेको थियो । सरकारले घरबार बिहीन भएकाहरुलाई राहत प्रदान गर्ने बताएको छ । यसअघि गएको फेब्रुअरीमा ढाकाको ऐतिहासिक क्षेत्रमा आगलागी हुँदा ८० जनाको ज्यान गएको थियो । यस्तै तटीय सुकुम्बासी बस्तीमा आगलागी हुँदा थप ९ जनाको ज्यान गएको थियो । ०००००००

Share.

Leave A Reply