राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष तिम्सिनाको नेपाल ओलम्पिक कमिटी (एनओसी) मा ‘इन्ट्री’

0

विर्तामोड, ७ भदौ ।


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले अन्ततः नेपाल ओलम्पिक कमिटी (एनओसी) मा ‘इन्ट्री’ मार्नु भएको छ । नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले निर्वाचनका बेला गरेको सहमति पालना गरेपछि तिम्सिनाको एनओसी यात्रा पक्का भएको थियो ।
राखेपका तत्कालिन सदस्य सचिव केशवकुमार विष्टले निर्वाचनका लागि समय दिन पटक–पटक आलटाल गरेपछि शाहले तिम्सिनासँग सहयोग लिएका थिए । तिम्सिनाको पहलपछि चैत २४ गते संघको निर्वाचन हुँदा शाह दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यसैको गुण तिर्ने क्रममा शाहले तिम्सिनालाई संघको उपाध्यक्ष बनाए र एनओसीको साधारण सभामा मताधिकारसहितको प्रतिनिधि बनाएर पठाएका छन् । एनओसीको निर्वाचन भदौ २० गते हुँदैछ । सम्भवतः तिम्सिना एनओसीको पदाधिकारीमा पनि आउनेछन् ।
चार वर्षअघि यहि एनओसीको निर्वाचन रोक्नका लागि एनओसीको मान्यता नपाएका संघहरुका पदाधिकारीलाई अदालत जाने क्रममा साथ दिएका तिम्सिना अन्ततः संघको प्रतिनिधिका रुपमा एनओसी छिर्न सफल भएका छन् । त्यति बेला अदालतमा परेको मुद्दाका कारण एनओसीको निर्वाचन एक महिना पछि सरेको थियो ।
राखेप पदाधिकारी भएर एनओसी पुग्ने तिमल्सिना पहिलो व्यक्ति भने होइनन् । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ राखेपको सदस्य सचिव भएका बखत १२ वर्षअघि जुडोको प्रतिनिधित्व गर्दै एनओसीको महासचिव निर्वाचित भएका थिए । राखेप भन्दा एनओसी तुलानत्मक रुपमा कम विवादित र विदेश यात्राका लागि आकर्षक थलो मानिन्छ ।
त्यसैले खेलकुदमा सक्रिय हुने पदाधिकारी दीर्घकालका लागि खेलकुदमा रहि रहन पनि एनओसी पुग्नका कसरत गर्छन् । तिम्सिनाले यसअघि पटक पटक प्रयास गरे पनि सफल भएका थिएनन् । यसपटक भने माहोल उनका पक्षमा बनेको छ । प्रधानमन्त्री केपी ओली निकटका तिम्सिना गत वर्ष दोस्रो पटक राखेप उपाध्यक्षमा नियुक्त भएका थिए । कुनै बेला एनओसी अध्यक्ष श्रेष्ठसँग छत्तिसको आंकडा रहेका तिम्सिना अहिले उनीसँग निकट भएको बताइन्छ ।
एथलेटिक्सका अध्यक्ष शाहले तिम्सिनालाई प्रतिनिधित्व पठाएको स्वीकार गरेका छन् । ‘हामी सरकारसँग विवाद गरेर अघि बढ्द सक्दैनौं । हाम्रो निर्वाचनका बेलामा उहाँको सहयोग रह्यो,’ उनले भने, हाम्रा बीचमा केहि सहमति थियो । त्यसै अनुरुप मैले हामीले उहाँलाई पठाएका हौं । ०००००००

Share.

Leave A Reply