दिपेन्द्र आधारभूत विद्यालयमा स्थापना कालदेखि हालसम्म योगदान दिने व्यक्ति तथा संस्था सांसद साँवाद्वारा सम्मानित

0

शिवसताक्षी, ७ भदौ ।


शिवसताक्षी–१० मा रहेको दिपेन्द्र आधारभूत विद्यालयले विद्यालय स्थापना कालदेखि हालसम्म योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । आज विद्यालयको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विभिन्न विधामा सहयोग गर्ने दाताहरुलाई अभिनन्दन पत्र, प्रशंसा पत्र, कदर पत्र र सम्मान पत्र प्रदान गरेको हो ।
विद्यालय स्थापनाकालमा जग्गा दान दिने टेकनाथ ढकाल, नारायणप्रसाद पोख्रेल, इश्वर प्रसाद न्यौपानेलाई अभिनन्दन गरिएको विद्यालयका प्रधानाध्यापक सिताराम न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै विद्यालयलाई थप जग्गा निशुल्क प्रदान गर्ने रुद्र चिमोरिया, माधवप्रसाद पोखरेललाई कदर पत्र प्रदान गरिएको थियो । विद्यालय सञ्चालनमा योगदान दिने मातृका प्रसाद ढकाल, हरिप्रसाद पोखरेल, लीलाराज झापाली, हिम्मत नेम्वाङ्ग लगायत ८ जनालाई विद्यालयले सम्मान गरेको छ ।

त्यसैगरी कार्यक्रममा विद्यालयलाई लामो समयसम्म सहयोग प्रदान गर्ने मोहनप्रसाद सुवेदी, पुष्प पाण्डे, नारायण प्रसाद ढकाल, खिनामाय पोखरेल, राधेश्याम अग्रवाल लगायत १०१ जना व्यक्ति वा संस्थालाई प्रशंसा–प्रत्र प्रदान गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमारसिंह साँवाले जानकारी दिनुभयो । उहाँहरुलाई प्रतिनिधिसभा संसाद एलपी साँवा लिम्बुले सम्मान गर्नु भएको हो । कार्यक्रममा विद्यार्थीहरुबाट नृत्य प्रस्तुत गरिएको थियो । विद्यालयको प्रतिवेदन विद्यालयका प्रधानाध्यापक सिताराम न्यौपानेले प्रस्तुत गर्नु भएको थियो भने प्रदेशसभा सांसद हिरा थापा, पूर्व संसाद तारासम यङ्याले शुभकामना मतव्य राख्नु भएको थियो । कार्यक्रमा शिवसताक्षी नगरपालिका वडा नं. १० का वडाध्यक्ष कर्णबहादुर थापा, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक डामकुमार कुँवर लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । ००००००००

Share.

Leave A Reply