झापाको विर्तामोडमा “खुल्ला शंख ध्वनी प्रतियोगिता” हुने

0

विर्तामोड, ७ भदौ ।


नौमति बाजाको संरक्षण गर्ने यूवा समूह “एक्टिभ नाइन”को दोस्रो अभियानको रुपमा सनातनी हिन्दु धर्मका विभिन्न संस्कारमा नभई नहुने “शंख” संरक्षण र सम्बद्र्धनार्थ नेपाल मै पहिलो पटक “खुल्ला शंख ध्वनी प्रतियोगिता”को आयोजना गर्न लागिएको छ ।
सनातनी हिन्दु धर्मलाई हेर्ने हो भने विभिन्न संस्कारमा नभई नहुने एक ध्वनी साधन हो शंख । जन्म संस्कारदेखि लिएर विभिन्न पूजा, अर्चना एवं मंगल कार्यका साथै मृत्यु संस्कारमा समेत शंख महत्वपूर्ण छ । घरमा शंख राखेर पूजा मात्र गर्नाले पनि विभिन्न अनिष्ठ नास भएर जाने धार्मिक विश्वास छ । रामायण, महाभारतमा पनि शंखको महिमा प्रसस्त भेटिन्छ । शंख बजाउँदा त्यसको ध्वनिले विभिन्न रोगाणु एवं विषाणुलाई समेत मार्ने ऋग्वेदमा उल्लेख छ । शंख नेपालमा मात्र नभई भारत, श्रीलंका, बंगलादेश आदि मुलुकमा पनि प्रयोग गरेको पाइन्छ । विभिन्न शुभ कार्यमा पनि शंखको प्रयोग न्यून हुँदै गएको साथै मृत्युका घटनामा समेत शंख कसका घरमा छ भनी खोज्नु पर्ने अवस्था छ । शंख संरक्षणमा नयाँ पुस्ताका यूवाहरु लाग्नुपर्ने देखिएकोले यूवावर्गमा समेत शंखप्रतिको रुची अभिवृद्धिका लागि पनि यो कार्यक्रमको आयोजना गर्न लागिएको एक्टिभ नाइनका अध्यक्ष गोविन्द निरौलाले जानकारी दिनु भएको छ ।


“खुल्ला शंख ध्वनी प्रतियोगिता” भाद्र १५ गते आइतवार अर्जुनधारा–६ स्थित सानो संसार हाउजिङमा गरिने भएको छ । उक्त प्रतियोगितामा सम्पूर्ण उमेर समूहका इच्छुक व्यक्तिले सहभागिता जनाउन सक्ने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५१००, द्वितिय हुनेलाई ३१००, तृतीय हुनेलाई २१०० र २ जनालाई सान्त्वना स्वरुप जनही ५०० रुपैयाँ र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ । ००००००००

Share.

Leave A Reply