एसीसी यू–१९ एसिया कपमा नेपालको सान्त्वना जित, अन्तिम खेलमा यूएई १ सय ६० रनले पराजित

0

विर्तामोड, २४ भदौ ।


एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले अन्तिम खेलमा यूएईलाई १ सय ६० रनले पराजित गरेको छ । एसिया कपमा आज जितका साथ प्रतियोगिता सकेको नेपालले विश्वकप छनोटमा ब्यहोरेको हारको बदला पनि लिएको छ । नेपालको इनिङ्मा कप्तान रोहित कुमार पौडेलले ६७ रनको उत्कृष्ट योगदान दिए । नेपालले सुरुवातमा दुई विकेट गुमाएको थियो जसमा पहिलो बलमा ओपनर रित गौतम क्याच आउट भएका थिए भने चौथो ओभरमा पवन सर्राफ पनि डकआउट भए । उनले एघार बल सामना गर्दा एक रन पनि लिन सकेनन् ।
त्यसपछि क्रिजमा आएका आशिफ शेख र कप्तान रोहित कुमार पौडेलले ७९ रनको साझेदारी गर्दै टिमको इनिङ् सम्हाल्ने प्रयास गरेका थिए । आशिफले ५३ बलमा आठ चौका प्रहार गर्दै ४६ रनको योगदान दिए । सन्दिप जोराले ४८ रनको योगदान दिए भने कुशल मल्लले पनि २२ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै २२ रन बनाए । आठौं विकेटका लागि कमल सिंह ऐरी र राशिद खानले ७० रनको साझेदारी गर्दै नेपालको स्कोर २७६ रनसम्म र्पुयाए । कमलले २६ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ४१ रन बनाए । राशिद खानले पनि ४४ बलमा ४४ रन बनाए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।जवाफमा यूएई ३४ ओभर ४ बलमा १ सय २५ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा भ्रितीया रुद्राभलले सर्वा्धिक २८ रन बनाए । यस्तै अलिसान सराफुले २१ रन जोडे । बलिङमा नेपालका सागर ढकालले तीन तथा रशिद खान, सूर्य तामाङ र पवन सर्राफले समान २र२ विकेट लिए । ०००००००

Share.

Leave A Reply