गैंडा छाप सिमेन्टको मूल्य घट्यो

0

उदयपुर, २५ भदौ ।


उदयपुर सिमेन्ट उद्योग लिमिटेडले आफ्नो उत्पादन गैंडा छाप सिमेन्टको मूल्य घटाएको छ । देशभर सिमेन्टको मूल्यमा कमी आएको बेला उदयपुर सिमेन्ट उद्योगले पनि गैंडा छाप सिमेन्टको मूल्य घटाएको हो ।
उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहाका अनुसार गैंडा छापा सिमेन्टको मूल्य ८०३ रुपैयाँ ४३ पैसाबाट २५ रुपैयाँ घटाएर प्रतिबोरा ७७८ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । ००००००

Share.

Leave A Reply