दुर्गा मावि गरामनीका विद्यार्थीलाई सिएमए संघको सहयोग हस्तान्तरण

0

विर्तामोड, २५ भदौ ।


नेपाल सि.एम.ए. संघ झापाले १६ औं स्थापना दिवसको अवसरमा दृष्टिविहीन विद्यार्थीलाई सहयोग गरेको छ । बिर्तामोड–९ मा रहेको दुर्गा माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई सि.एम.ए. संघले औषधिसहित आवश्यक तन्ना, सिरानी र खाद्य सामग्री सहयोग गरेको छ । संघका जिल्ला अध्यक्ष प्रदीप खरेल, केन्द्रीय उपाध्यक्ष ओम खड्का, जिल्ला कार्यसमितिका सदस्यसहितको टोलीले विद्यालय परिसरमै उपस्थित भएर सहयोग सामग्री हस्तान्तरण गरेको हो ।
हाल दुर्गा माविमा १० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक कृष्ण पाठकले जानकारी दिनुभयो । उहाँले सिएमए संघको सहयोगले ठूलो राहत भएको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष खड्का, स्रोत शिक्षक खिलप्रसाद शिवाकोटी, विद्यार्थी मनिका चौहानले मन्तब्य राख्नुभएको छ । ००००००

Share.

Leave A Reply