के–के छन्, कांग्रेस झापाका दोस्रो चरणका जागरण कार्यक्रम

0

विर्तामोड, २५ भदौ ।


देशब्यापी जागरण अभियानमा जुटेको कांग्रेस केन्द्रीय समितिको निर्देशन बमोजिम आज झापाका विभिन्न क्षेत्रमा संघीय क्षेत्रीय समितिको बैठक बसी जागरण अभियानका कार्यक्रम तय गरिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय बैठक बसी जागरण अभियानका प्रदेश निर्वाचन क्षेत्रस्तरीय तथा गाउँ, नगर र वडास्तरीय कार्यक्रम तय भएका हुन् भने सबै प्रदेश तथा क्षेत्रीय समितिले असोज ३ गते संविधान दिवसमा विशेष कार्यक्रम तय गरेका छन् ।
यता झापा क्षेत्र नं–२ का क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न बैठकमा जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि सुनिल शर्मा र बसन्त भट्टराई, नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, पूर्व सभापति सुधिरकुमार शिवाकोटी, प्रवक्ता लोकराज ढकाल लगायतको उपस्थितिमा सम्पन्न बैठकले दुई साताब्यापी कार्यक्रम तय गरेको छ ।
जस अन्तर्गत झापा क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र १ र २ मा विशेष सामाजिक संवाद र सामाजिक विकृति÷विसंगतिविरुद्ध जागरणका लागि भदौ २७ देखि असोज ५ गतेसम्मका लागि कार्यक्रम तय गरिएको प्रदेश निर्वाचन क्षेत्र १ का क्षेत्रीय सभापति धर्म लक्सम्वाले जानकारी दिनुभयो ।
उहाँका अनुसार भदौ २८ गते प्रदेश २ को अर्जुनधारा १,२,३ नम्वर वडा, भदौ २९ गते प्रदेश १ को विर्तामोड ७, ८, ९ र २ को अर्जुनधारा ४,५,७, ८ मा अन्तरक्रिया कार्यक्रम तय भएको छ ।


यसैगरी भदौ ३० गते प्रदेश १ को विर्तामोड १,२,३, प्रदेश २ को बुद्धशान्ति १,२,३ मा, भदौ ३१ गते प्रदेश १ को विर्तामोड ४, ५, ६ र २ अन्तर्गत अर्जुनधारा ६,९,१०,११ मा र असोज २ गते प्रदेश १ अन्तर्गत कनकाई ८ र ९ मा वडास्तरीय कार्यक्रम तय भएका छन् ।
यसैगरी भदौ २७ गते अग्रज तथा प्रजातान्त्रिक योद्धा, शहीद परिवार, द्वन्द्वपीडितको आँगनमा पुग्ने कार्यक्रम तय गरिएको छ भने असोज ४ गते स्थानीय तहमका जनप्रतिनिधिको दुई बर्षे कार्यकालको समिक्षा र असोज ५ गते युवा केन्द्रित कार्यक्रम तय गरिएको छ । असोज ३ गते संविधान दिवसमा विशेष कार्यक्रम गर्ने निर्णय गरेको बैठकले असोज ७ गते हुने जिल्लाब्यापी विरोध प्रदर्शनमा सशक्त सहभागिता जनाउने निर्णय गरेको बताइएको छ ।
यसैगरी झापा क्षेत्र नं १ ले पनि प्रदेश १ र २ केन्द्रित दुई साताब्यापी कार्यक्रम तय गरेको छ । केन्द्रीय प्रतिनिधिद्वय रमेशजंग रायमाझी र विन्दिया कार्कीको उपस्थितिमा क्षेत्रीय सभापति मणि उप्रेतीको सभापतित्वमा सम्पन्न प्रदेश १ र २ को संयुक्त बैठकले जागरण अभियानका लागि कार्यक्रम तय गरेको हो ।
यसैगरी झापा क्षेत्र नं ५ ले पनि भदौ २८ गतेदेखि ७ गतेसम्मका कार्यक्रम तय गरेको छ । ५ नं क्षेत्रीय सभापति ढुण्डि भण्डारीको अध्यक्षता र केन्द्रीय प्रतिनिधिद्वय विनोद राई र शेखरचन्द्र थापा तथा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलको उपस्थितिमा प्रदेश १ र २ का सभापति तथा पदाधिकारी, सदस्यहरुको बैठकले कार्यक्रम तय गरेको हो ।

Share.

Leave A Reply