नेकपा झापाले संविधान दिवसको अवसरमा आयोजना गरेको जनसभामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नु हुने

0

विर्तामोड, १ असोज ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले संविधान दिवसको अवसरमा आयोजना गरेको जनसभामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नु हुने भएको छ । नेकपा झापाको प्रचार बिभागले आयोजना गरेको पत्रकार सम्मेलनमा असोज ३ गते आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री सहित पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का पार्टी इन्चार्ज भिम आचार्य, केन्द्रीय कमिटी सदस्य तथा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरे, केन्द्रीय सदस्य राम कार्की लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने बताइएको छ । नेकपा झापाले संविधान दिवस आम नेपालीको उत्सबको दिन भएकाले सबैलाई उपस्थितिको लागि आह्वान पनि गरेको छ ।
सडकमा संविधान बिरोधी गतिबिधि बढ्दै गएकोले त्यसको खबरदारी गर्न पनि यो कार्यक्रम आयोजना गरिएको नेकपा झापाका कार्यालय सचिव शिव ढुङ्गेलले बताउनुभयो । ‘संविधान निर्माणको नेतृत्वकर्ता दलको हैसियतले यसको कार्यान्वयन र रक्षा गर्नु हाम्रो दायित्व हो’, नेता ढुङ्गेलले भन्नुभयो, ‘जिल्लाभरबाट हजारौंको संख्यामा जनसहभागिता गराउँदै जनसभाको आयोजना गर्न लागिएको हो ।’ सोही दिन झापा जिल्लाभर स्थानीय चोकहरुमा दिपावली गर्न पनि स्थानीय पार्टीलाई निर्देशन दिइएको छ । कार्यक्रम तालिका अनुसार ११ बजे बिर्तामोड प्रवेश गरिसक्ने, ११ः३० बजेबाट रयली शुरु गरेर कार्यक्रम स्थल पुरानो इलाम स्टेनमा जाने बताइएको छ । ००००००

Share.

Leave A Reply