नेपालको साफ अण्डर–एटिन राष्ट्रिय फुटबल टिमको कप्तानी जया गुरुङले गर्ने, प्रतियोगिता असोज ३ गतेदेखि काठमाडौंमा हुँदै

0

काठमाडौं, १ असोज ।


नेपालको अण्डर–एटिन राष्ट्रिय फुटबल टिमको कप्तानी जया गुरुङले गर्ने भएका छन् । घरेलु मैदानमा हुन लागेको साफ अण्डर–एटिन फुटबल प्रतियोगितामा नेपालले जयाको कप्तानीमा खेल्ने भएको हो ।
मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले व्रिगेड ब्वाईजको कप्तान समेत रहेका जयालाई नेपाली टिमको कप्तानी दिने निर्णय गरेका हुन् । जया कप्तानको रुपमा चुनिएपछि उपकप्तानमा नितिन थापा रहने छन् । कप्तानको होडमा नितिन र जया रहेका थिए ।
मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिताका लागि २३ सदस्यीय टिमको घोषणा गरेका थिए । तेस्रो संस्करणको साफ शसस्त्र प्रहरी बलको हलचोक रंगशालामा हुँदैछ । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा माल्दिभ्स र भुटान रहेका छन् । यस्तै समूह बी मा भारत, श्रीलङ्का र बंगलादेश रहेका छन् ।
नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । पहिलो खेल असोज ३ गते रहेको छ । दोस्रो खेल ५ गते भुटानसँग भिड्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल १२ गते रहेको छ । नेपाल तेस्रो पटक उपाधि जित्ने दाउमा हुनेछ । नेपाल अघिल्ला दुई संस्करणको विजेता हो । अनन्त तामाङको नेतृत्वमा रहेको नेपाल सन् २०१५ मा च्याम्पियन भएको थियो । सन् २०१८ मा भएको साफमा भने अण्डर–एटिन टिम खेलाउने निर्णय भएको थियो । अर्पण कार्कीको नेतृत्वमा रहेको नेपाली टिमले भुटानमा भएको दोस्रो संस्करणको उपाधि समेत उचालेको थियो । ००००००

Share.

Leave A Reply