अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कात्तिकमा हुने

0

विर्तामोड, ९ असोज ।


प्रदेश नं १ मा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । सुनसरीको धरान उपमहानगरपालिकामा आगामी कात्तिक २२ देखि २४ गतेसम्म उक्त महोत्सव हुन लागेको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार हुन लागेको सो महोत्सवमा विभिन्न देशका २५ चलचित्र प्रदर्शन गरिने महोत्सव मूल समारोह समितिले जनाएको छ । महोत्सव सफल बनाउन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको संयोजकत्वमा चलचित्र छनोट उपसमिति, नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष विक्रम लुँइटेलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति तथा अन्य समिति गठन गरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री एवं महोत्सव मूल समारोह समितिका संयोजक हिक्मतकुमार कार्कीले धरानलाई चलचित्र नगरी निर्माण गर्ने योजना रहेको बताउनुभयो । महोत्सव अवधिभर धरान, इटहरी, दमक, बिर्तामोड र विराटनगरमा नेपाली चलचित्र मात्र प्रर्दशन गरिने बोर्डका अध्यक्ष भट्टराईले बताउनुभयो ।

‘जेबी टुहरे’ एकल साङ्गीतिक कार्यक्रम हुने

विराटनगरको वीरेन्द्र सभार्गहमा शनिबार ‘जेबी टुहुरेको निरन्तरता भाग–३’ साङ्गीतिक कार्यक्रम हुने भएको छ । जेबी टुहरे फाउण्डेशनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त साङ्गीतिक कार्यक्रममा टुहुरेले आफ्ना १५ गीत प्रस्तुत गर्ने जानकारी गराइयो ।

सांसद खेम नेपालीले सङ्गीत र जनताप्रति समर्पित टुहुरे सन्देशमूलक आन्दोलनका सम्वाहक भएको बताउनुभयो । सो फाउण्डेशनका सचिव वीरेन्द्र बस्नेतले कार्यक्रमबाट प्राप्त सहयोगबाट इटहरीमा गुणस्तरीय रेकर्डिङ स्टूडियो स्थापना गरिने बताउनुभयो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उक्त एकल साङ्गीतिक कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ । ०००००००

Share.

Leave A Reply