राजविराजको यातायात व्यवस्था सेवा कार्यालयबाट दुई करोड १४ लाख रुपैयाँ राजस्व सङ्कलन
कुनौली (सप्तरी), १६ कात्तिक ।
राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा दुई करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ ।
सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा दुई करोड १४ लाख ६ हजार एक सय २० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताउनुभयो ।
सवारीसाधन करबाट एक करोड ३६ लाख पाँच हजार पाँच सय २५ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट ६५ हजार नौ सय १० रुपैयाँ र सवारी दर्ता बापत २५ लाख ४३ हजार एक सय ८५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आर्थिक वर्ष २०८०/८१ मा १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने २०७९/८० मा सात करोड ५६ लाख २५ हजार चार सय ७५ रुपैयाँ सङ्कलन भएको थियो । ०००००
प्रतिकृया दिनुहोस