कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउँछौँ : सभापति थापा
मतभेदलाई संवादबाट समाधान गर्दै पुराना नेता–कार्यकर्तालाई पनि जोड्ने प्रतिबद्धता
ललितपुर, १ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका सबै तह, वर्ग र समूहलाई समेट्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकको सुरुआतमा सभापति थापाले पार्टीभित्रका असहमति र असन्तुष्टि सम्बोधन भइसकेकाले अब एकताबद्ध भएर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले निर्धारित मितिमै





















