बिमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक रहेको अर्थमन्त्री पौडेलको ठहर 

झापा, २५ पुस ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले बिमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाइ दुर्गम तथा न्युन आय भएका वर्ग लगायत समाजका सबै तह र कारोबारमा बिमा सेवाको पहुँच पु¥याउन बिमा साक्षरता अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
अर्थमन्त्री पौडेलले सरकार नागरिकको जीवन चक्रमा आधारित भएर बिमाको पहुँच विस्तार र सेवाको प्रभावकारिता बढाउन उद्धत रहेको उल्लेख गर्नुभयो । उहाँले जोखिम न्यूनीकरणका माध्यमबाट उत्थानशिल समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार निरन्तर क्रियाशिल रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री पौडेलले स्वास्थ्य बिमा, लघु बिमा, कृषि बिमा, सहुलियतपूर्ण कर्जाको बिमा विस्तार, नियमनकारी निकायको नियामकीय क्षमतामा विकास, सरल र सिघ्र दाबी भुक्तानी प्रणालीको तीव्र विस्तार, बिमा जालसाझी नियन्त्रण जस्ता विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
‘‘बिमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाइ दुर्गम तथा न्यून आय भएका वर्गलगायत समाजका सबै तह र कारोबारमा बिमा सेवाको पहुँच पु¥याउन बिमा साक्षरता अभियानलाई तीव्र बनाउनु आवश्यक छ । सरकार नागरिकको जीवन चक्रमा आधारित भएर बिमाको पहुँच विस्तार र सेवाको प्रभावकारिता बढाउन चाहन्छ,’’ उहाँले भन्नुभयो, ‘‘जोखिम न्यूनीकरणका माध्यमबाट उत्थानशिल समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा निरन्तर क्रियाशिल हुन चाहन्छ । बिमालाई सामाजिक सुरक्षासँग आवद्ध गर्नेगरी नीतिगत प्रवन्ध गरिनुको पनि तात्पर्य यही हो ।’’
उहाँले बिमकहरुको जोखिम न्यूनीकरणका लागि जोखिममा आधारित सुपरीवेक्षण प्रणाली लागू गर्ने, बिमा क्षेत्रको नियमन सबल, प्रभावकारी र व्यावसायिक बनाउन नियामक निकायको क्षमता अभिवृद्धि गर्ने, पुनर्बिमाको संस्थागत क्षमता वृद्धि गर्ने, बिमकको लगानी गरेको रकमलाई सुरक्षित र प्रतिफलमुखी क्षेत्रमा लगानीका लागि वतावरण तयार गर्ने जस्ता विषयलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री पौडेलले बीमा क्षेत्रको प्रवद्र्धन र विकासका निम्ति सरकारले निरन्तर प्रयास गरिरहेको बताउनुभयो । उहाँले सबै कार्यक्रममा मन्त्रीलाई बोलाउनुपर्छ भन्ने मान्यताबाट बाहिर निस्किन आग्रह गर्नुभयो । ०००००
 

प्रतिकृया दिनुहोस