Close This

जलवायु चुनौतीको समाधानमा साझा सङ्कल्प : मन्त्री चौधरी

मुस्ताङ, ३० भदौ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि तीन तहकै सरकारले साझा सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ । 
मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आयोजना गरिएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा,२०८३’ लाई सम्बोधन गर्दा मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो । 
उहाँले हिउँ पग्लिएका कारण हिमताल फुट्ने जोखिम बढ्दा बाढीपहिरोले प्राणी जगत्लाई ठूलो असर पु¥याइरहेको छ, भन्नुभयो । 
मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण बाढीपहिरो, नदीकटान, खडेरी र डढेलोका कारण कृषि तथा पशुपालनमा प्रत्यक्ष असर पुग्न गई खाद्य सुरक्षामा असर पुग्ने चेतावनी दिनुभयो । उहाँले बढ्दो तापमानका कारण हिमाली क्षेत्रमा थप जोखिम बढेको बताउनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस