भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ
बिर्तामोड, १० कार्तिक ।
गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तको डीएनए परीक्षणको रिपोर्ट नआउँदा पीडित परिवारले यस वर्षको दसैँसमेत शोक र प्रतीक्षामै बिताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायका दाजु ५३ वर्षीय शेरसिंह रोकाय, भाउजु ५६ वर्षीया विष्णुमती रोकाय र १९ वर्षीय भतिज दीपक रोकाय बाढीमा बेपत्ता हुनुभएको थियो । दुई महिना बितिसक्दासमेत उहाँहरूको अवस्था पत्ता लागेको छैन । अनलालले भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिनुभएको छ । तर रिपोर्ट नआउँदा सामाजिक संस्कारसमेत गर्न नसकेको उहाँले बताउनुभयो ।
त्यस्तै, रोजगारीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि बाढीमा बेपत्ता भएपछि उहाँहरूका तीन सन्तान आमाबुवा फर्किने आशामा छन् । बाँकेका १६ जना आफन्तको भेरी अस्पतालमा डीएनए नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ । अन्य आफन्तको काठमाडौं र चितवनमा पनि नमुना सङ्कलन गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार बाढीपछि जिल्लाका २३ जना अझै बेपत्ता छन् । तीन जनाको शव पहिचान गरी मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ ।
पीडित परिवारले डीएनए रिपोर्ट छिटो सार्वजनिक गर्न र बेपत्ताबारे सरकारले आधिकारिक धारणा दिन माग गरेका छन् ।









-(1).jpeg)
-1791531287.jpeg)
प्रतिकृया दिनुहोस