भारतको गुवाहाटीस्थित होटलमा विवादपछि गोली चल्दा पाँच जनाको मृत्यु, एक घाइते
बिर्तामोड, १० कार्तिक ।
भारतको गुवाहाटीको एक होटलमा मालिक र भाडामा होटल चलाउने व्यक्तिबीचको विवादमा पाँच जनाको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार गए राति करिब ९ बजे जीएस रोडमा बोरा सर्भिसअघि रहेको होटल बिलास इनमा यो घटना भएको हो ।
यो स्थान आसाम प्रहरीको मुख्यालयभन्दा करिब २ किलोमिटर टाढा रहेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार ६ जनालाई गोली लागेकोमा पाँच जनाको मृत्यु भएको हो भने एक जनाको उपचार भइरहेको छ । यो घटनामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३२ बोरको लाइसेन्सप्राप्त पेस्तोलबाट हत्याकाण्ड मच्चाएको उल्लेख गरेको छ । प्रहरीले घटनामा प्रयोग भएको हतियार समेत बरामद गरेको छ ।










-(1).jpeg)
-1791531287.jpeg)
प्रतिकृया दिनुहोस