दानबहादुर कार्कीको रिटमा आज सुनुवाइ हुने
बिर्तामोड, २ मंसिर ।
नेपाल प्रहरी प्रमुखबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सरकारले आफूलाई जिम्मेवारीमुक्त गरी एआईजी मनोज केसीलाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेपछि कार्कीले कात्तिक २० गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाएर प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गरेको थियो ।
आफूलाई कुनै पूर्वसूचना र सुनुवाइको मौका नदिई जिम्मेवारीबाट हटाइएको भन्दै कार्कीले सरकारको निर्णय बदर गर्न माग गर्नुभएको छ ।
रिटमा मनोज केसीलाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय तथा उहाँलाई दज्र्यानी चिह्न प्रदान गर्नेलगायतका कामकारबाही रोक्न पनि माग गरिएको छ ।
यसअघि तिहार र छठ पर्वको बिदाका कारण सुनुवाइ सर्दै आएको थियो । आजका लागि पेसी तोकिएको कार्कीका कानुन व्यवसायीले जनाएका छन् ।











प्रतिकृया दिनुहोस