पूर्वाधार विकास मन्त्रालयका सात इन्जिनियर सेवाबाट हटाइए

बिर्तामोड, २ मंसिर ।
सरकारले पूर्वाधार विकास मन्त्रालयअन्तर्गत कार्यरत सात जना इन्जिनियरलाई सेवाबाट हटाएको छ । मन्त्रालयले निजामती सेवा ऐन, २०४९ अनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी उनीहरूलाई सेवाबाट हटाएको जनाएको छ ।
आज प्रकाशित सूचनाअनुसार कात्तिक २० गतेको निर्णयबाट पुजन न्यौपाने, सृष्टि भुषा, सम्योग श्रेष्ठ, आस्था आचार्य र नरेश थापालाई कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट हटाइएको हो ।
त्यस्तै, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठलाई बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको कसुरमा सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ । सेवाबाट हटाइएका सबै जना नेपाल इन्जिनियरिङ सेवाअन्तर्गत सिभिल इन्जिनियरिङ समूहका राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी हुन् । 


 

प्रतिकृया दिनुहोस