भारतमा स्वच्छ ऊर्जा विस्तार गर्न अमेजनले सात अर्ब डलर लगानी गर्ने
नयाँदिल्ली, २ मङ्सिर ।
अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्ममा सात अर्ब अमेरिकी डलर अर्थात् करिब नौ खर्ब ८० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ ।
यो लगानीले भारतमा सौर्य तथा वायु ऊर्जाको उत्पादन बढाउनुका साथै कम्पनीका डाटा सेन्टर र अन्य सञ्चालनमा हुने विद्युत् खपतबाट निस्कने कार्बन उत्सर्जन घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भारतले सन् २०३० सम्म पाँच सय गिगावाट स्वच्छ ऊर्जा उत्पादन क्षमता पु¥याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न करिब दुई खर्ब २० अर्ब डलर लगानी आवश्यक पर्ने अनुमान छ ।
अमेजनले यसअघि नै भारतको नवीकरणीय ऊर्जा क्षेत्रमा चार अर्ब डलरभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । कम्पनीले आफ्नो विद्यमान कार्यक्रमअन्तर्गत नौ सय ३४ मेगावाट विद्युत् उत्पादन क्षमता भएका चार नयाँ सौर्य तथा पवन ऊर्जा परियोजना पनि घोषणा गरेको छ ।
अमेजनकी प्रमुख स्थायित्व अधिकारी कारा हस्र्टले थप लगानीले नयाँ सौर्य तथा पवन ऊर्जा परियोजना सञ्चालनमा ल्याउन सहयोग पुग्ने बताउनुभएको छ ।
भारतको कुल जडित विद्युत् उत्पादन क्षमतामध्ये ५४ प्रतिशतभन्दा बढी हिस्सा सौर्य, वायु र जलविद्युतलगायत गैरजीवाश्म ऊर्जा स्रोतको रहेको छ । बढ्दो विद्युत् माग पूरा गर्ने र जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्ने उद्देश्यले भारतले स्वच्छ ऊर्जा उत्पादन विस्तारलाई प्राथमिकता दिँदै आएको छ । ०००००

XxjpbeE000001_20261118_PEPFN0A001.jpeg)










प्रतिकृया दिनुहोस