एमालेको जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा चिल्लागढधाम सरसफाई

दुधे, १० चैत ।

शिवसताक्षी नगरपालिकामा नेकपा एमालेको प्रभात फेरी कार्यक्रम अन्तर्गत नगरका सबै वडामा विभिन्न कार्यक्रम सञ्चालन भएको छ । 
आसन्न नेकपा एमालेको ११ औं झापा जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा जिल्ला कमिटीको निर्णय अनुसार शिवसताक्षीमा विभिन्न कार्यक्रम सञ्चालन भएको हो । 
शिवसताक्षी वडा ९ को वडा कमिटीले नगरको धार्मिक क्षेत्र चिल्लागढ परिसरमा झरीका बीच पनि सरसफाई गरेको नेकपा एमाले नगर अध्यक्ष मेगाहाङ्ग थोप्रा (रोशन) ले जानकारी दिनुभयो । 
त्यस्तै, वडा कमिटी ४ ले जनता बजारमा रहेको वडा नं. ४ को कार्यालयमा सरसफाई गरेको जनाएको छ । नेकपा एमालेले नगरका अधिकांश वडाहरुमा विभिन्न कार्यक्रम गरेको नेकपा एमाले नगर कमिटीले जनाएको छ । 
नेकपा एमालेको झापा जिल्ला अधिवेशन यही चैत १५ र १६ गते हुने भएको छ । जिल्ला अधिवेशनका लागि झापाका सबै नगर तथा वडाहरुबाट प्रतिनिधि छनौट समेत भइसकेको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ । ०००००
 

प्रतिकृया दिनुहोस