एमाले झापाको इन्चार्जमा रोमनाथ ओली चयन

बिर्तामोड, १७ साउन ।
नेकपा एमाले झापाको इन्चार्जमा रोमनाथ ओली चयन हुनु भएको छ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मोरङको इन्चार्जमा पोलिटव्यूरो सदस्य जीवन घिमिरे चयन हुनुभएको हो ।
आज बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका इन्चार्जहरुको जिम्मेवारी हेराफेरी गरेको छ ।
नेकपा एमालेमा तीनवटा शक्तिशाली विभागका प्रमुखहरूलाई पुरानै जिम्मेवारीमा निरन्तरता दिइएको छ ।
एक पदाधिकारीका अनुसार संगठन विभाग प्रमुखमा काशीनाथ अधिकारी, जनसंगठन संयन्त्र विभाग प्रमुखमा भानुभक्त ढकाल र प्रचार तथा प्रकाशन विभाग प्रमुखमा राजेन्द्र गौतमलाई निरन्तरता दिने निर्णय भएको हो । यसैगरी
संसदीय विभागको प्रमुखको जिम्मेवारी योगेश भट्टराईले दिने निर्णय भएको छ।
एमालेले सचिव योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी तोकेको छ। आज बसेको सचिवालय बैठकले भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको हो।
उहाँले संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई संम्बोधन गर्न विभागले काम गर्ने बताएका छन्।
उहाँले भन्नुभएको छ, ‘संसदीय क्षेत्रमा रहेका कमरेडहरूको क्षमता अभिवृद्धि तथा संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई सम्बोधन गर्न विभागले गर्ने कामका बारेमा यहाँहरुको सुझाव तथा सल्लाहका लागि हार्दिक अनुरोध गर्दछु ।’ ००००००००००
प्रतिकृया दिनुहोस