पेरिस पारालिम्पिक्समा कास्य विजेता पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ पाउने

झापा, १५ भदौ ।

पेरिस पारालिम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक काँंस्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् ।  
पलेशाले शुक्रबार भएको के–४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै काँस्य जितेकी थिइन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पारालिम्पिकमा व्यक्तिगततर्फ स्वर्ण जित्नेलाई एक करोड ३० लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ । यस्तै, रजत जित्नेलाई ९७ लाख र काँस्य जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ । यही व्यवस्था अनुसार पलेशाले ६५ लाख रुपैयाँ सरकारबाट प्राप्त गर्ने भएकी हुन् ।
यस्तै, पलेशाका प्रशिक्षक कविराज नेगी लामाले पाँच लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । नेपाल तेक्वान्दो संघले भने ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ । ०००००
 

प्रतिकृया दिनुहोस