‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
झापा, २५ पुस ।
बुद्धशान्ति गाउँपालिका–६ टिमाई नदीमा ‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेको छ । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने उक्त पुल ४७७ मिटर लामो छ । सङ्घीय सरकारको पाँच करोड ९८ लाख सात सय ६१ रुपैयाँको लागतमा बनेको सो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा पुलहरु मध्ये सबैभन्दा लामो रहेको बताइएको छ ।
पाँच महिनामै निर्माण सम्पन्न भएको उक्त पुलको शिलान्यास नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश महामन्त्री शर्माले विसं २०८१ असार २४ गर्नु भएको थियो । उहाँले पुलको आज शुभारम्भ गर्नुहुँदै बुद्धशान्तिको वडा नं ६ र ७ का बासिन्दा मात्र नभएर इलामको कृषि उत्पादन झापामा ल्याएर बिक्री गर्न समेत पुलको निर्माणले सहज भएको बताउनुभयो ।
सो अवसरमा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले पुल रहेको स्थान आकर्षक भौगोलिक बनावटका कारण रमणीय भएकाले नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको जनाउँदै दैनिक पाँच सयभन्दा बढी पर्यटक आउन थालेको बताउनुभयो ।
पुलमा घुइँचो बढेपछि पालिकाले नगरप्रहरी परिचालन गरेर पुलमा ओहोरदोहोर गर्ने यात्रुको व्यवस्थान गरिरहेको छ । उक्त पुलको भारवहन क्षमता ९० मेट्रिकटन र एक पटकमा ६ सय ४७ जना पदयात्रीको भार पुलले थेग्ने क्षमता रहेको जनाइएको छ । पुलको रहेको सथन वरपर धारागोला भ्यूटावर, जरेबर, ठुटेबर, गौडालगायतका पर्यटकीय स्थल रहेका कारण पुलमा आउने पर्यटक बढेको हो । ०००००
प्रतिकृया दिनुहोस