राष्ट्रपति पुटिनको मङ्गोलियन समकक्षीसँग भेट
विर्तामोड, १८ भदौ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज उलानबटारमा आफ्ना मङ्गोलियन समकक्षीसँग भेट गर्नुभएको छ । गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले राष्ट्रपति पुटिन विरुद्ध गिरफ्तारीको वारेन्ट जारी गरेपछि यसको सदस्य राष्ट्रमा उहाँको यो पहिलो भ्रमण हो ।
आइसिसी, कियभ, पश्चिमी राष्ट्रको आह्वान विरुद्ध अवज्ञाको प्रदर्शनको रूपमा हेरिएको पुटिनलाई भ्रमणका क्रममा अघिल्लो रात राजधानीमा आइपुगेपछि सम्मान गार्डले स्वागत गरेका थिए । त्यसपछि उहाँले मङ्गोलियाका राष्ट्रपति उखनागिन खुरेलसुखसँग उलानबटारको भव्य चंगेज खान स्क्वायरमा भेट गर्नुभएको हो ।
सन् २०२२ मा रुसी सेनाले देशमा आक्रमण गरेदेखि युक्रेनी बालबालिकालाई अवैध निर्वासन गरेको आरोपमा हेगस्थित आइसिसीले रुसी नेतालाई खोजिरहेको छ ।
अधिकारीहरूले उहाँलाई विमानस्थलमा हिरासतमा नलिएपछि पुटिनको “युद्ध अपराध” का लागि मङ्गोलिया पनि जिम्मेवार रहेको आरोप लगाउँदै युक्रेनले यस यात्रामाथि आक्रोशका साथ प्रतिक्रिया दिएको छ ।
कियभले मङ्गोलियालाई गिरफ्तारी वारेन्ट कार्यान्वयन गर्न आग्रह गरेको थियो । आइसिसीले गत हप्ता अदालतले खोजेको व्यक्तिलाई हिरासतमा राख्ने “दायित्व” सम्पुर्ण सदस्य राष्ट्रहरुको रहेको बताएको थियो ।
विशाल रूस र चीनबीच अवस्थित मङ्गोलियाको मस्कोसँग घनिष्ठ सांस्कृतिक सम्बन्धका साथै बेइजिङसँग महत्वपूर्ण व्यापारिक सम्बन्ध रहेको छ ।
यो सोभियत युगमा मस्कोको अधीनमा रहेको थियो ।
सन् १९९१ मा सोभियत सङ्घको पतन भएदेखि मङ्गोलियाले क्रेमलिन र बेइजिङ दुबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्न खोजिरहेको छ । देशले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन साथै संयुक्त राष्ट्रमा द्वन्द्वमा मतदान गर्दा अनुपस्थित रहेको थियो । गत हप्ता क्रेमलिनले भ्रमणका क्रममा पुटिनलाई पक्राउ गरिने चिन्ता नभएको जनाएको थियो । ००००००
प्रतिकृया दिनुहोस