नारी सञ्चार गृह झापाको १३ औँ स्थापना दिवस तथा १२ औँ वार्षिक साधारणसभा सम्पन्न

विर्तामोड, १८ भदौ ।
नारी सञ्चार गृह झापाले १३ औँ स्थापना दिवस तथा १२ औँ वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न गरेको छ । 
संस्थाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापकहरुले सामुहिक रुपमा दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
यसैगरी संस्थाको संगठानिक प्रतिवेदन सहसचिव ज्योसना श्रेष्ठ र आर्थिक प्रतिवेदन सदस्य दिपा पोखरेलले प्रस्तुत गर्नुभयो ।
संस्थापकका तर्फबाट संस्थापक अध्यक्ष सावित्रा दाहाल र सदस्य कोपिला बस्नेतले संस्थाको स्थापना गर्दाखेरी गरेका संघर्षको सम्झना गर्दै नारी सञ्चार गृहले आज आफ्नै पहिचान बनाउन सफल भएको सुनाउनुभयो ।
संस्थाले ५० लाख रुपैयाँको लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा सबैको साथ, सहयोगले हालसम्म ४६ लाख रुपैयाँ पुगिसकेको र चाँडै लक्ष्य पूरा गर्ने अध्यक्ष गौतमले जानकारी गराउनुभयो ।
कार्यक्रमको अवसरमा सहसचिव श्रेष्ठले महिला पत्रकारको लेखन क्षमताबृद्धिका लागि प्रोत्साहन स्वरुप नगद पाँच हजार रुपैयाँ सदस्य विनिशा शर्मालाई प्रदान गर्नुभयो ।
कार्यक्रमा पत्रकार सुब्रत न्यौपाने, राजेन्द्र गौतम, भूमिका लिम्बूले शुभकामना व्यक्त गर्नुभएको थियो । संस्थाकी सचिव मायामितु न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत भारती राईले गर्नुभएको थियो । यसैबीच, झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृहकोे स्थापना दिवस तथा वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रमका बीच सदस्यहरुले दर खादै तीजको शुभकामना आदानप्रदान पनि गर्नुभयो ।  ०००००००००
 

प्रतिकृया दिनुहोस