‘साथीहरूले उल्क्याउँछन्, तर म ऐना त हेर्छु नि’
विर्तामोड, १९ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य बाहेक अरु केहीको पनि आयु लामो नहुने बताउनुभएको छ ।
एकछिनको प्रशंसामा खुशी र एकछिनको विरोधमा दुःखी हुनुपर्ने आवश्यकता नभएको प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओली भन्नुहुन्छ, ‘एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनु पर्ने आवश्यकता नै छैन । सत्य बाहेक अरु केहीको पनि आयु लामो हुँदैन ।’
प्रधानमन्त्रीले सो स्टाटससँगै आफ्नो फेसबुक पेजमा एउटा भिडियो क्लिप पनि राख्नुभएको छ । आफूलाई थुप्रै साथीहरूले जवान रहेको भन्दै हौस्याउने गरेको तर आफूले बेला–बेलामा ऐंना हेर्ने गरेकाले सत्य कुरा आफूलाई थाहा भएको उहाँले भिडियो मार्फत भन्नुभएको छ ।
‘मलाई पनि थुप्रै साथीहरूले भेट्दाखेरि जवान नै देखिनु हुन्छ भन्छन्, तर त्यसमा पत्याइ हाल्नुपर्ने जरुरी छैन, भन्दाखेरि त भर्खरको देखिनुहुन्छ भन्छन्, कसैले भर्खरको, एकदम तन्दुरुस्त र जवान देखिनुहुन्छ भनेर साथीहरूले उल्क्याउँछन्, तर म ऐना त हेर्छु नि ? कति मलाई उल्क्याएको हो, कति साँचो त हो भनेर, ऐनाले सबै कुरा बताइहाल्छ नि नि !’, उहाँले भिडियोमा बोल्नुभएको छ । ०००००
प्रतिकृया दिनुहोस